मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको अग्रणी रेडियो रामारोशन १४ औँ बर्षमा प्रबेश

अछामको अग्रणी रेडियो रामारोशन १४ औँ बर्षमा प्रबेश


अछाम : सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन एफएम १३ औँ बर्ष पुरा गरि १४ औँ बर्षमा प्रबेश गरेको छ । २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैन बाट ९२ मेगाहर्जमा प्रशारण आरम्भ गरेको थियो ।

तत्कालीन गाउँ विकास समिति, जिबिस लगायतको लगानीमा स्थापना भएको रेडियोको अछामका संचारकर्मी पत्रकार बिनोद थापा, वेद प्रकाश तिमिल्सैना र एकिन्द्र कुमार कुवरले नेतृत्व गरेका थिए । सुरुमा २५० वाट र हाल ५०० वाट क्षमता रहेको रेडियो स्थापना गर्न उनिहरुलाइ चन्ख साउद, राजेन्द्र कुवर र जनक भण्डारीले साथ दिएका थिए ।

रेडियो स्थापना गर्दा जीवनका उर्जावान समय रेडियोलाई खर्चिएको बताउदै संस्थापक मध्यका एक (हाल कांग्रेस अछामको राजनीतिमा) सक्रिय रहेका वेद प्रकाश तिमिल्सैनाले आफुले चालेको कदम र देखेको सपना पूरा भएको बताए । आज भन्दा १४ बर्ष अघि जिल्लामा रेडियो स्थापना गर्न कम चुनौतीपूर्ण थिएन तिमिल्सैनाले भने तर हाम्रो नेतृत्व सफल भयो । अछामको सञ्चार जगतमा रेडियो रामारोशनले पहिलो इटा थपेको उनको बुझाइ छ । त्यसपछि जिल्लामा सञ्चार क्षेत्रले फट्को मारेको तिमिल्सैनाले बताए । अछामी पत्रकारीताका पूर्नजागरणकर्ताका रुपमा तिमिल्सैनालाई लिने गरिन्छ ।

समुदायको हितका लागि शिक्षा, स्वास्थ्य, शुसाशन, बिकास, कृषि, खेलकुद, गरिवि निवारण, वन वातावरण, धार्मिक, सँस्कृति पर्यटन लगाएतका क्षेत्रमा आवाज उठाउदै आएको छ । रेडियो रामारोशनले जिल्लाको परिवर्तनमा आफनो पहिचान बनाउन सफल भएको संचालक पक्षको दाबी छ । महिला, दलित, पछाडी परेका समुदायको पक्षमा निरन्तर वकालत गर्दै समावेशि कार्यक्रम प्रशारण गर्दै आएको रेडियोले पुन थप समाबेशी कार्यक्रमको योजनालाई निरन्तरता दिने रेडियोले जनाएको छ।

रेडियोलाई आज सम्मको यात्रामा साथ दिने सम्पुर्ण स्रोता, विज्ञापनदाता र सहयोग गर्ने सुवेच्छुकहरुलाई धन्यवाद दिदै रेडियो रामारोशनले पछाडी परेका वर्ग र समुदायको मुद्धालाई उठाएकाले सुदुरपश्चिममै छुट्टै पहिचानका साथ १३ बर्ष पुरा गरेको दाबी गरेको छ । अछाम जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा, पुर्ण खोप युक्त जिल्ला घोषणा तथा २०७६ चैत्र ११ गतेपछी नेपालमा कोरोनाभाईरसको संक्रमण तथा जोखिम बढेपछी नियन्त्रण तथा समुदाय स्तरमा फैलिन नपाओस भनेर समाचार, सुचना तथा सन्देश प्रशारण गरेर रेडियोले महत्वपुर्ण योगदान दिईरहेको निमित्त कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताए ।

साथै रेडियो रामारोशनले आगामि दिनमा छाउपडी कुप्रथा मान्ने चलनको अन्त्य महिला तथा बालबालिका माथि हुने हिसां न्युनिकरणका लागी वकालत तथा पैरवी, बाल विवाह, बुह विवाह, जातिय तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्नलाई सफल पार्नका लागि सरोकारवाला तथा सबै तहका सरकारसँगको सहकार्य गर्ने योजनालाई अघि सारेको बुढाले बताए । २०७४ सालमा स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन भएपछि यतिबेला स्थानिय सरकारसँग सम्बन्ध कसीलो बन्दै गएकाले समाजिक बिसँगती विकृति, बिकास निर्माणमा पारदर्शिताका लागि खबरदारि सहित वकालत र पैरवी भईरहेको स्टेशन म्यानेजर चन्द्र बहादुर थापाले बताए ।

१३ बर्ष अघि भाषा कला, संस्कृती र सुचना, मनोरञ्जन दिने उद्देश्यले स्थापना भएको रेडियो रामारोशनले २०७० सालमा सुदुरश्चिममै शिक्षाको क्षेत्रमा अग्रणी भुमिका खेलेको भन्दै शिक्षा पुरुस्कार बाट समेत सम्मानित भएको थियो भने २०७० सालमै खेलकुदको क्षेत्रमा जिल्लामै पहिलो पटक सबै भन्दा ठुलो धनराशि तथा उपाधि भएको क्रिकेटको उपाधि समेत आफनो पक्षमा पार्दै नाम राख्न सफल भएको सहायक स्टेशन म्यानेजर कमल कुमार रावलले जानकारी दिए ।

हाल रेडियो रामारोशनलाई स्थानिय, प्रदेश सरकार, अछाम जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय, सामुदायिक सुचना नेटवर्क सिआईएन, उज्यालो नाईन्टी नेटवर्क, एनेन्टेना फाउन्डेशन नेपाल, ईक्वल एक्सेस नेपाल, म्याक्स मिडीया, बिबिस लगाएत थुप्रै क्षेत्रको सहयोग रहदै आएको छ । रेडियो रामारोशनले आज दिनभर आफनो बार्षिक उत्सवको अबसरमा कोरोनाभाईरसको संक्रमण तथा जोखिमका कारण कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ । तर रेडियो प्रसारण बाट स्रोता, विज्ञापन दाता, कार्यक्रम प्रायोजक, शुबेच्छुक, सुभचिन्तकका सुझाव, सल्लाह लिने रेडियो ब्याबस्थापन पक्षले जनाएको छ ।