धनगढी : कैलालीको धनगढीमा विशेषज्ञ सेवासहित केजि अस्पताल संचालन हुन लागेको छ । निजि लगानीमा धनगढीको चौराहा नजिकै विशेषज्ञ सेवा सहितको केजि अस्पताल संचालनमा आउने भएको हो ।
विशेषज्ञ सेवा र दक्ष चिकित्सकको ब्यवस्थासहित केजि अस्पताल संचालनमा ल्याउन लागेको अस्पतालका अध्यक्ष दिल बहादुर कठायतले बताए। सेवामा नाफा भन्दापनी गुणस्तरलाई प्राथमिकता दिने उनको दाबी रहेको छ ।
जति अस्पताल किल्निक हुन्छन् त्यतिनै गुणस्तर सुधार हुने हुँदा केजि अस्पतालले सेवाग्राहीलाई छिटो, छरितो, जवाफदेहिता तथा पुर्ण गुणस्तरीय सेवालाई मध्येनजर गरेको उनको भनाइ छ।
अस्पतालले स्त्रीरोग तथा प्रसुती विशेषज्ञ सेवा,हाडजोर्नी,नसा तथा बाथ रोग विशेषज्ञ सेवा,नवजात शिशु,बालरोग विशेषज्ञ सेवा,मानसिक तथा नसा रोग सेवा, जनरल सर्जरी सेवा,छाला,यौन रोग तथा सौन्दर्य सेवा र रेडियो डाइग्नोसिस तथा इमेजिङ सेवा रहने अध्यक्ष कठायतले बताए ।
यस्तै बिधुतिय प्रणालीबाट टाउकोको पनि उपचार गरिने उनले बताए । केहि दिनमा अस्पतालको उद्घाटन हुने भएपनी सेवा भने सुरु भइसकेको बताए ।




















प्रतिक्रिया