मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यावधि निर्वाचन वैशाख १७ र २७ गते

मध्यावधि निर्वाचन वैशाख १७ र २७ गते


काठमाडौं – मध्यावधि निर्वाचनकाे मिति २०७८ वैशाख १७ र २७ गतेका लागि तोकिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचन गर्ने मिति घोषणा गरेकी हुन्। 

२०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन हुने राष्ट्रपति कार्यालयले जनाएको छ।