काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गरेको छ।
प्रधानमन्त्रीले असंवैधानिक रूपमा गरेको संसद् विघटन र त्यसपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक डाकेको हो ।
दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको बैठकमा संविधानले नै नदिएको अधिकार प्रधानमन्त्रीले नै प्रयोग गरेको र राष्ट्रपतिले पनि त्यसलाई अनुमोदन गरेपछि उत्पन्न संकटमा सर्वदलीय धारणा बनाउन बैठक बोलाएको कांग्रेसले जनाएको छ।
प्रतिक्रिया