मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

यस्तो हुनेछ आगामी तीन दिनको मौसम


काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण लागेको बादलसँगै देशभरको अधिकतम तापक्रम घटेको छ। मौसमविद्हरुका अनुसार अधिकतम तापक्रम घट्दा जाडो बढ्ने गर्छ । न्यूनतम तापक्रम पनि घट्दो क्रममा रहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको छ । आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीको बीचमा रहने महाशाखाले जनाएको छ । 

यस्तै तराईका जिल्लाहरुको अधिकत तापक्रम पनि घटेको छ। बिराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको अधिकतम तापक्रम २० देखि २५ डिग्रीको बीचमा रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिइन् । 

उनका अनुसार अधिकतम र न्यूनतम तापक्रम अझै घट्ने छ । आकाश धुम्म रहेका कारणले अधिकतम तापक्रम बढ्न नसकेको जानकारी दिदै उनले भनिन्–डिसेम्बर महिनाभरी जाडो बढ्दै जानेछ । 

यस्तै आज सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम 

पौष ६ गते (सोमबार) – दिउँसो–  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति–  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ७ गते (मंगलबार) दिउँसो– प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति– प्रदेश नं १ प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकि भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

 पौष ८ गते (बुधबार) दिउँसो– देशभर आँशिकदेखि सामान्य बदली रहनेछ ।

राति– देशभर आँशिकदेखि सामान्य बदली रही उच्च हिमली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।