मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाकै विद्यार्थी नेताहरुले गरे प्रधानमन्त्रीको पुत्ला दहन

नेकपाकै विद्यार्थी नेताहरुले गरे प्रधानमन्त्रीको पुत्ला दहन


अछाम: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु अछामले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि नेकपाको भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताले साँफेबगरमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

पुत्ला जलाउने क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो । नेपाल कम्युनिष्ट पार्टी नेकपा क्षेत्रीय कार्यालय साँफेबगरबाट निकालिएको बिरोध र्‍याली एयरपोर्ट बजार हुँदै बसपार्कमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका थियो ।

पुत्ला जलाएपछि आयोजित विरोधसभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय लेखा सचिव मदन कुमार भूल रोशनले प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक ‘कू’ भएको बताए ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अछाम जिल्ला संयोजक हिरण्ड्य कुँवरले प्रधानमन्त्री ओलीकै कारण सरकार र नेकपा बदनाम भएको बताए ।

संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु गलत रहेको उनीहरुको भनाइ थियो ।