मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७४३ कोरोना संक्रमित थपिए, पाँचजनाको मृ’त्यु

७४३ कोरोना संक्रमित थपिए, पाँचजनाको मृ’त्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । 

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एकहजार ८ सय ३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर गरिएकामध्ये  ७ सय ४३ जनाको नतिजा पोजेटिभ आएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ५२ जना निको भएका छन् । यो सँगै देशमा कोभिड संक्रमितको संख्या  २ लाख ५५ हजार  ९ सय ७९ पुगेको छ । 

हालसम्म क्वारेन्टिनमा ४ सय ९ जना छन् भने ७ हजार ५सय १५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।