मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल

नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल


काठमाडौं– पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेता चयन गरेको छ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको उक्त समूहको संसदीय दलकाे बैठकले केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाललाई संसदीय दलको नेता चुनेको सांसद दीपकप्रकाश भट्टले जानकारी दिए।

दाहाललाई नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए। नेपाल हिजो मंगलबारमात्रै नयाँ अध्यक्ष चुनिएका थिए। 

हिजो बसेको नेकपाको दाहाल नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाई नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।