मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्तिदुत योग यात्री बिष्णुले कोरोनाबाट ज्यान गुमाएका प्रति शान्तिको कामना सहित हवन गर्दै

शान्तिदुत योग यात्री बिष्णुले कोरोनाबाट ज्यान गुमाएका प्रति शान्तिको कामना सहित हवन गर्दै


काठमाण्डौँ । बिश्वभर कोरोनाका कारण ज्यान गुमाएकाहरुको शान्ति र संक्रमितको स्वास्थ्य लाभको कामनाका लागि योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सा एवंम विश्व शान्ति, अखण्ड शान्ति दिप तथा हवन गरिने भएको छ । नेपाल र नेपालीले विश्व जगतमै इतिहासिक तथा गौरबपुर्ण हृदय राखि विश्वमा कोरोनाबाट जीवन गुमाई रहेकाहरुको आत्मा शान्तिको कामना तथा संक्रमितहरुको स्वास्थ्य लाभको कामना र यो रोग नलागोस् भनेर उक्त कार्य आयोजन ागर्न लागिएको छ ।

शान्तिदुत योग यात्री बिष्णुले यहि पौष १५ देखि माघ १ गते सम्म आफै नेतृत्व गर्दै उक्त कार्य गर्न लागेका हुन् । उनले पशुपती क्षेत्र विकास कोष अन्र्तगत उक्त क्षेत्रमा सो कार्य गर्न लागेको बताए । सो कार्य गर्न उनलाई पशुपती क्षेत्र विकास संस्थाले अनुमति समेत प्रदान गरेको छ ।

यो कार्य नेपाल तथा सम्भवत बिश्वमै पहिलो पटक हुन लागेको उनले दाबी गरे । योग यात्री बिष्णुले बिश्वमा कोरोना फैलिसकेपछि शान्ति, स्वास्थ्य लाभ र हवनको कार्य नभएको भन्दै नेपालबाट आफुले सुरुवात गरेको बताए । साथै १५ दिनको हवन कार्य सम्पन्न पछि माघ २ गते देखि नेपाल तथा सम्भवत बिश्वमै पहिलो पटक कोभिड स्मृति केन्द्र निर्माण गर्ने योजना समेत रहेको यात्रीले बताए ।

कोभिड स्मृति केन्द्र निर्माण भै वातावरण शुद्धीकरण गरि कोभिडबाट बच्ने योग, आयुर्वेद प्राकृतिक चिकित्सा उपचार विधिबाट रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने भन्ने वारे जानकारी समेत प्रदान गरिने योजना रहेको उनले सुनाए । शान्तिका अग्रदुत भगवान बुद्ध नेपालमा नै जन्मिएका हुन र नेपाल एक आध्यात्मिक राष्ट्र भएको उल्लेख गर्दै यात्रीले सो कुरा प्रमाणित गर्न र नेपाललाई बिश्व सामु चिनाउन योग्दान हुने यात्रीको बिश्वास छ ।

ऐतिहासिक, गौरबशाली, महान तथा पवित्र कार्य गर्ने विश्व मानचित्रमा नेपाल एक मात्रै राष्ट्र हुने र नेपालीको शिर सगरमाथा जस्तै उच्च हुने विश्वास उनले लिएका छन् । सम्भव भएसम्म माघ १ गते राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्री सहितको सम उपस्थितिमा कुनै एक स्थानमा कोरोना स्मृति केन्द्र निर्माणको शिलान्यास गरी निर्माणको सुरुवात गरिने समेत यात्रीले जानकारी दिए । यस कार्यमा सबै खालको सहयोगका लागि विश्व मानव जगतलाई उनले हार्दिक अपिल समेत गरेका छन् ।