अछाम जिल्लामा काेरोना भाइरस कोभिड १९ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा एक पुरुषको मृत्यु भएको हो।
जिल्लाको साफेबगर नगरपालिका ४ मष्टामाण्डौका ७३ बर्षका एक पुरुषको मृत्यु भएको हो। उनको पुष ४ गते कोरोना परिक्षण गर्न बयलपाटा अस्पताल बाट स्वाव संकलन गरि कमलबजार प्रयोगशाला पठाईएको
उनको ६ गते काराेना भाइरसको संक्रमण पुष्टि भएको थियोे । उच्च रक्तचापका बिरामी उनी नियमित औसधि समेत सेवन गरिरहेका थिए । यो सङ्गै अछाम जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ।
प्रतिक्रिया