मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड-नेपालले पार्टी फुटाउने कसम नै खानुभएको थियो : बादल

प्रचण्ड-नेपालले पार्टी फुटाउने कसम नै खानुभएको थियो : बादल


काठमाडौं । बुधबारसम्म कुनै समूहको बैठकमा सहभागी नभएका नेकपाका नेता रामबहादुर थापाले ओलीलाई रोजेका छन् ।

बालुवाटारमा बादलले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै संसद् विघटन गर्ने निर्णय क्रान्तिकारी निर्णय भएको बताएका छन् ।

“मिल्न खोजेदेखि टुक्र्याउन खोज्नेहरु सफल हुन खोज्दैछन् र त्यसलाई प्रचण्ड–नेपाल कमरेडहरुले सहयोग गर्नुभयो,”बादलले भने ।

उनले क्रान्तिको उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिकारीबाट जोगिनुपर्ने बताएका थिए । “प्रतिक्रान्ति लाई सहयोग गर्न हामीभित्रका केही नेताहरुले गुटबन्दी गर्दै चोइटिएर जान खोजेका छन्,” उनले भनेका छन्, “हामीले मध्यावधिबाट दुई तिहाइको सदन निर्माण गर्छौँ ।” 

उनले पार्टी नफुटाउन पटक पटक आग्रह गरेको भए पनि प्रचण्ड र माधव नेपालले नसुनेको बताए । प्रचण्ड नेपालले पार्टी फुटाउने कसम नै खाएको बादलको भनाइ थियो ।