मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाहाल-नेपाल समूहले १४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

दाहाल-नेपाल समूहले १४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षीय समूहको बैठकमा केन्द्रदेखि वडा स्तरसम्मका विरोध कार्यक्रमको प्रस्ताव गरिएको छ। जसअनुसार भोलि (शुक्रबार) माइतिघर मण्डलाबाट विरोध प्रदर्शनसहित निर्वाचन आयोग पुग्ने र पार्टी दर्ताको निवेदन दिने कार्यक्रम तय भइसकेको छ।

त्यस्तै सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनर्गठनको माग गर्दै सांसदहरुले सर्वोच्च अदालतमा निवेदन दिने कार्यक्रम पनि तय भइसकेको छ। यस्तै भालि नै दिउँसो २ बजे पत्रकार सम्मेलन गरिने भएको छ।

पर्सि ११ गते प्रदेश कार्य समितिको बैठक गरिने प्रस्ताव भएको छ भने १२ गते ७७ वटै जिल्लाको जिल्ला भेला गर्ने प्रस्ताव गरिएको छ। यस्तै १४ गते राजधानी तथा जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम प्रस्ताव भएको छ।

बागमती प्रदेशको भने काठमाडौं केन्द्रित कार्यक्रम गर्न प्रस्ताव गरिएको छ। यसैगरी पुस २० गते सबै नगरमा नगर भेला आयोजना गर्ने प्रस्ताव बैठकमा गरिएको छ। पुस २५ गते वडा भेला गर्ने प्रस्ताव गरिएको छ।

यस्तै बैठकमा नारायणकाजी श्रेष्ठ नेतृत्वको २५ सय सदस्यीय आन्दोलन मुल आयोजक कमिटी गठन गर्ने, प्रदेशमा पार्टीमाथि भएको आक्रमणको बारेमा स्थायी कमिटी बैठकमा छलफल गर्ने तथा स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको संयोजनमा प्रदेशको आन्दोलन चलाउने प्रस्ताव बैठकमा गरिएको छ।