मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा थपिए ६१३ कोरोना संक्रमित, ५ को मृ’त्यु

२४ घण्टामा थपिए ६१३ कोरोना संक्रमित, ५ को मृ’त्यु


काठमाडौं- पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रायलको बिहीबारको तथ्यांकअनुसार गत २४ घण्टामा ५ हजार ५१० पीसीआर परीक्षण गर्दा २३३ महिला र ३८० जना पुरुषमा कोरोना पुष्टि भएको हो। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ७३९ छ। हालसम्म २ लाख ४७ हजार ४०० जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ छ। हालसम्म १ हजार ८०८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।