मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली बिरुद्ध नेकपाकै कार्यकर्ताद्धारा साँफेबगरमा राँकेजुलुस प्रर्दशन (भिडियो सहित)

ओली बिरुद्ध नेकपाकै कार्यकर्ताद्धारा साँफेबगरमा राँकेजुलुस प्रर्दशन (भिडियो सहित)


केपी चोर छोड बन्दै नारा लगाउन थाले नेकपाका कार्यकर्ता

अछाम । नेकपा निकट बिद्यार्थी संगठन अनेरास्वबियूले अछामको साँफेबगरमा राँके जुलुस पर्दशन गरेको छ । नेकपाका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध राँके जुलुस प्रर्दशन गरिएको अनेरास्वबियूले जनाएको छ ।

नेकपा पार्टी फुट्को प्रभाव सतहमै पुगेपछि यसको प्रभाव केन्द्र देखी जिल्ला तहमा पुगेको छ । ओली र प्रचण्डमाधव पक्षका नेता कार्यकर्ता एकअर्काका बिरुद्धमा देशरैभर प्रर्दशन गरिरहेका छन् ।

सोही क्रममा प्रचण्ड माधव नेपाल पक्षका राष्टिय युवा संघ नेपाल र अनेरास्वबियूका नेता कार्यकर्ताले अछाममा ओलीका बिरुद्ध प्रर्दशन गरेका हुन् ।

उनहिरुले संबैधानिक कु खारेज गर, केपी चोर देश छोड, राष्टिय एकता जिन्दाबाद, अनेरास्वबियू अछाम जिन्दाबाद लगायतका नारा लगाएका थिए । बिहिबार साँझ उनिहरुले हात हातमा राँका बोकेर नारा लगाएका थिए ।