मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा सवारी दुर्घटना हुँदा मसिंरमा मात्रै ३१ जनाको मृ’त्यु

सुदूरपश्चिममा सवारी दुर्घटना हुँदा मसिंरमा मात्रै ३१ जनाको मृ’त्यु


धनगढीः सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढेको छ। गत विगतका वर्षहरुको तुलनामा चालुुवर्ष सवारी दुर्घटनामा उल्लेख्य बृद्धि भएको पाइएको छ।  

चालु आर्थिक वर्ष २०७७/७८ को सबै भन्दा बढी मसिंरमा मात्रै ७७ सवारी दुर्घटना भएको छ। जसमा ३१ जनाको मृत्यु भएको छ, भने १ पशु समेत मरेको छ। यस्तै १५८ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याकंमा उल्लेख छ। 

मंसिंर महिनामा सबै भन्दा बढी कैलालीमा ८, कञ्चनपुर र बैतडीमा ५/५ जनाको मृत्यु भएको छ। डोटीमा ४ दार्चुला र बझाङमा ३/३ जनाको मृत्यु भएको छ भने बाजुरामा १ र अछाममा २ जनाको मृत्यु भएको छ। 

यस्तै कार्तिक महिनामा ५४ सवारी साधन दुर्घटना भएको छ। जसमा २७ जनाको मृ’त्यु भएको छ । यस्तै सो दुर्घंटनामा १२२ जना घाइते भएका छन्। 

असोजमा ३९ सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ, भने एक पशु मरेको छ । यस्तै ६७ जना घाइते भएका छन्। प्रहरीको तथ्याकं अनुसार गत वर्ष भन्दा यो वर्ष बढी दुर्घटना भएका हुन्।