मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री, को को बन्दैछन् मन्त्री ?

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री, को को बन्दैछन् मन्त्री ?

सुदूर आज

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री ओलीले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । 

प्रतिनिधिसभा विघटन भएसँगै पुष ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । उनीहरुको राजीनामा सँगै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीले तयारी गरेका हुन् । 

केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेसँगै मन्त्री बन्ने आकांक्षीहरु बढेका छन् । 

नयाँ बन्ने मन्त्रीहरुको सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर राना लगायतको नाम रहेको स्रोतको दाबी छ ।