अछाम । बयालपाटा अस्पतालमा आयोजित अन्तर ब्याटमिण्टन प्रतियोगिता सकिएको छ । गत पौष २ गते बाट संचालन भएको ब्याटमिण्टन प्रतियोगिता आज सकिएको छ । आज भएको फाईलन खेलमा सिनियर बहुव्यक्ती ब्याटमिण्टन प्रतिष्पर्धामा रमेश महर र महेन्द्र कुवँरको टिमले उपाधी चुमेको छ ।
फाईलनमा मोहन साँउद र डा. मन्दिप पाठकको टिमलाई पराजित गर्दै महर र कुवँर च्याम्पियन बन्दै उपाधी हात पारेका हुन् । उनिहरुले साँउद र डा. पाठकलाई बेष्ट पाँचमा पहिलो २ र चौथो सेटमा जित हासिल गर्दै जित आफ्नो पक्षमा पारेका थिए ।
जित संगै उनिहरुले नगद, मेडल र प्रमाणपत्र पााएका छन् भने डा. पाठक र साँउदको टिमले उपबिजेतामै चित्त बुझाएको छ । यस्तै एकल सिनयिर ब्याटमिण्टन प्रतिष्पर्धामा बिबेक तिवारीले बिजयी प्राप्त गरेका छन् उनले आफ्ना प्रतिष्पर्धी सन्तोष केशीलाई तिन दुईले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
जित संगै तिवारीले पनि नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि भएको एकल सिकारु ब्याटमिण्टन प्रतिष्पर्धामा छत्र साँउद बिजयी भएका छन् उनले डा. अमुललाई पराजित गरेका थिए । साँउदले सोझो तिन सेट आफ्नो पक्षमा पार्दे जित हासिल गरेका हुन् । उनले पनि ब्याडमिण्टन रकेट, नगद, मेडल र प्रमाण पत्र हात पारेका छन् ।
राम्रो स्वास्थ्यका लागि खेलुकद भनेर प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा बयालपाटा अस्पतालका अन्तर बिभागका करिब ९ समुहको सहभागिता रहेको थियो भने सिकारु मा १३ जनाले सहभागिता जनाएका थिए।
प्रतिक्रिया