काठमाडौं । नेपाली कांग्रेसले पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न आग्रह गरेको छ ।
शनिबार अपिल जारी गर्दै सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटविरुद्ध प्रदर्शन गर्न आग्रह गरेका हुन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसविरुद्धको आन्दोलनमा सहभागी हुन देउवाले आग्रह गरेका छन् ।
प्रतिक्रिया