मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाैबीस घण्टामा ३ जनाको मृ’त्यु, ५०० संक्रमित थपिए

चाैबीस घण्टामा ३ जनाको मृ’त्यु, ५०० संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा ५०० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ८४० संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ छ । 

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ । 

मन्त्रालयका अनुसार ६ हजार ७४९ जना आइसोलेसनमा छन् । ३६९ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ५ हजार ८२६ पीसीआर परीक्षण गरिएको छ ।