मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको ओली सरकारले देशलाई बर्बादी तर्फ धकेलेको पूर्व साँसद बिष्टको आरोप

नेकपाको ओली सरकारले देशलाई बर्बादी तर्फ धकेलेको पूर्व साँसद बिष्टको आरोप


अछाम । नेपाली कांगे्रस क्षेत्र न. २ अछामले पनि बिसाल प्रर्दशन सहित कमलबजारमा बिरोध सभा गरेको छ । कांग्रेस क्षेत्र न २ का क्षेत्रिय शभापती लक्ष्मण बहादुर शाहको शभापतित्वमा भएको बृहत् बिरोद्द प्रर्दशन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसको तर्फबाट निबार्चित पूर्व राष्ट्रीय सभा सदस्य अक्कल बहादुर बिष्ट रहेका थिए ।

कार्यक्रमका बोल्दै बिष्टले बर्तमान नेकपाको ओली सरकारले देशलाई बर्बादी तिर धकेलेको आरोप लगाए । संसद विघटन गरेर ओलीले देश र जनतालाई ठुलो धोका दिएको बिष्टको भनाई थियो । पूर्व सांसद बिष्टले नेपालि कांग्रेस मात्र देश र जनतालाई न्याय दिन सक्ने ठोकुवा गरे ।

कार्यक्रममा बिशिष्ट अतिथी नेपालि कांगे्रस अछामका पूर्व पार्टी सभापती पुष्प बहादुर शाह, कर्ण बहादुर केसी, नेपाली कांगे्रस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगाना रहेका थिए ।

कार्यक्रममा महासमिति सदस्य अम्बिका चलाउने, महाअधिबेसन प्रतिनिधि सुरत बिष्ट, पदमराज अधिकारी, कमल बिक, संघिय मामिला स्थानिय समन्वय बिभागका केन्द्रिय सदस्य यज्ञ ढकाल, नेपाली कांगे्रसका जिल्ला कार्य समिति सचिब नम बहादुर शाही, जिल्ला समन्वय समिति उपप्रमुख टोप बहादुर रावल, शिक्षक संघका जिल्ला अध्यक्ष बिष्णु भण्डारी, महिला संघका पूर्णा शाह, नेबिसंघका सचिब बम बहादुर स्वार लगायतले बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेसले मात्रै देश र जनताको पक्षमा विकास गर्न सक्ने बताएका थिए ।

नेकपाको दुई तिहाईको सरकारले भ्रष्टचार बाहेक अरु कुनै काम गर्न नसेको उनिहरुको आरोप थियो । कांग्रेस क्षेत्रिय सदस्य महोन सिह देउबाको स्वागत मन्तब्य बाट सरु भएको कार्यक्रमको संचालन क्षेत्रिय सदस्य टंक धामीले गरेका थिए ।