मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछममा स्थायी ब्लड बैँक नहुदाँ बिरामी समस्यामा, आपतकालिन अवस्थामा स्वास्थ्यकर्मीले गरे रक्तदान

अछममा स्थायी ब्लड बैँक नहुदाँ बिरामी समस्यामा, आपतकालिन अवस्थामा स्वास्थ्यकर्मीले गरे रक्तदान


अछाम । अछाम जिल्लामा रगतको अभाव देखिएको छ । जिल्ला असपताल र बयालपाटा अस्पतालमा रगतको कमी भएको हो । जिल्लामा स्थायी रुपमा रक्त सञ्चार केन्द्र नहुदाँ रगत अभाव हुन थालेको हो ।

जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा केही मात्रामा रगत संकलन गरी जम्मा गर्ने केन्द्र भएपनि स्थायी रक्त सञ्चार केन्द नहुदाँ बिरामीलाई असहज हुन थालेको छ । हाल जिल्लामा रगतको अभाव देखिएको छ ।

रक्त दान गर्ने मान्छे भएपनि जम्मा गर्ने केन्द्र नुहदाँ समेत समस्या हुने गरेको छ । अछाममा बेला बखतमा बिभिन्न यूवा क्लब, नागरिक संघसंस्थाहरुले रुक्तदानको आयोजना गरी केही हद्सम्मलाई समस्या समाधान गर्ने गरेको पाईन्छ ।

उपचारका लागि आउने बिरामीलाई रगत आवश्यक पर्दा उनका आफन्तले समेत रगत दिन मान्दैनन् । स्वास्थ्य संस्थाले बिरामीको ज्यान जोगाउन आफै रक्तदान गर्ने गरेका छन् भने कतिपय अवस्थामा नेपाल आर्मी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई खबर गरेर रक्तदान गर्न लगाई बिरामीको दिने गरिन्छ ।

जिल्ला अस्पतालमा रगतको आवश्यक परेमा आर्मीलाई बोलाईन्छ भने कतियप अवसथामा स्वास्थ्यकर्मीले पनि रगत दान गर्ने गरेका छन् । यता बयालपाटा अस्पतालमा भने रगत अभाव देखिएको छ ।

रगत अभाव भएपछि हिजो मात्रै स्वास्थ्यकर्मीले बिरामीलाई आवश्यक पर्दा रगत दिएका छन् । अस्पतालका एचए छत्र साँउदले रक्तदान गरेका हुन् । उनले हड्डीको बिरामीलाई रगत दिएका थिए । रगत अभावमा ति बिरामीको एक दिन ढिला गरेर उपचार सुरु भएको थियो ।

यस्तै जिल्ला अस्पतालमा समेत हिजो एक स्वास्थ्यकर्मीले रक्तदान गरेका थिए । जिल्ला अस्पताल अछाममा कार्यरत दिपेन शर्माले गर्भवती महिलालाई रगत आवश्यक पर्दा रक्तदान गरेका बताईएको छ ।