मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव हुनेमा केपी ओलीलाई नै भरोसा छैन : प्रचण्ड

चुनाव हुनेमा केपी ओलीलाई नै भरोसा छैन : प्रचण्ड


काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरेको बताएका छन् ।

उनले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा चुनाव नहुने ठोकुवा गरे । ओलीलाई नै चुनाव हुनेमा भरोसा नभएको उनले बताए ।

“चुनाव गर्नका लागि घोषणा भएकै होइन । स्वयं केपी ओलीलाई नै भरोसा छैन,’’ प्रचण्डले भने । उनले चुनाव हुने र जितौंला भन्ने अपेक्षा नगर्न भन्दै प्रतिपक्षी कांग्रेसलाई कटाक्ष गरे । उनले चुनाव हुने भ्रममा नपर्न आग्रहसमेत गरे ।