मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण २४ घण्टामा ८ जनाको मृ’त्यु

कोरोनाका कारण २४ घण्टामा ८ जनाको मृ’त्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ८ सय ४० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जनाको पीसीआर गरिएकामध्ये  ७ सय ८ जनाको नतिजा पोजेटिभ आएको छ । 

नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या  २ लाख ५९ हजार  ५ सय  ४८ पुगेको छ ।   त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएका छन् । 

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ ।  हालसम्म क्वारेन्टिनमा ३ सय ६५ जना छन् भने ६ हजार ३ सय ९६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।