मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो त आन्दोलनको ट्रेलर मात्रै हो : प्रचण्ड

यो त आन्दोलनको ट्रेलर मात्रै हो : प्रचण्ड


काठमाडौं । राजनीतिकरुपमा विभाजित प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चताप नगर्दासम्म जनताले क्षमा नदिने बताएका छन् ।

मंगलबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा बोल्दै उनले ओलीले संविधानविरोधी काम गरेर आफूले आफूलाई भंग गरेको टिप्पणी गरे ।

“जबसम्म केपी ओलीले पश्चाताप गर्ने छैनन्, लोकतन्त्रमाथि घात गरेँ । आफैँले बनाएको संविधानको बलात्कार गरेँ । म अपराधी हुँ भन्ने छैनन्, तबसम्म उनलाई इतिहासले माफी दिने छैन । जनताले क्षमा दिने छैनन्,’’ प्रचण्डले भने ।

उनले मदन भण्डारीले एक कार्यक्रममा भनेको स्मरण गर्दै भने, “यो आन्दोलन होइन । आन्दोलनको ट्रेलरमात्रै हो ।

यो त भत्कौरोमात्रै हो । जन्ती आउनै बाँकी छ, बाजा बझ्नै बाँकी छ ।’’ उनले संसद् पुनःस्थापना नभए आँधीहुरी आउने बताए ।