मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसीयू र भेन्टिलेटरमा कति छन् कोरोना संक्रमित ?

आईसीयू र भेन्टिलेटरमा कति छन् कोरोना संक्रमित ?


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर अहिले २६८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

त्यसमध्ये ४० जना गम्भीर अवस्थाका संक्रमित भेन्टिलेटरमा छन् भने २२८ जना आईसीयूमा र सबैभन्दा बढी बागमती प्रदेशमा ८९ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १० जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन् भने प्रदेश २ मा ४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा ५७ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचाररत छन्। 

लुम्बिनी प्रदेशमा ५६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचाररत छन्  भने कर्णाली प्रदेशमा ११ आईसीयू र २  जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा १ जना आईसीयूमा र २ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्।

मन्त्रालयको तथ्यांकअुनसार आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या पछिल्लो समय घट्दै गएको छ।