मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीकाे अलोकतान्त्रिक कदम नसच्चिए आन्दोलनका जारी रहन्छ : अछाम ईन्चार्ज स्वार

प्रधानमन्त्रीकाे अलोकतान्त्रिक कदम नसच्चिए आन्दोलनका जारी रहन्छ : अछाम ईन्चार्ज स्वार


केपि शर्मा ओलिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेजिकाे माग

अछाम : नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामले जिल्ला सदरमुकाम मङ्गलसेनमा बिरोध सभा गरेको छ । बिरोध सभालाइ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य अछाम ईन्चार्ज तारामान स्वाँरले सम्बोधन गरे।

केन्द्रिय सदस्य अछाम ईन्चार्ज तारामान स्वाँरले प्रधानमन्त्री केपि शर्मा ओलिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज हुनुपर्नेमा जोड दिए । उनले संविधान बिपतिर प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम नसच्चिदा सम्म आन्दोलन जारी रहने जिकिर गरे।

बिरोध सभामा बिशिस्ट अतिथि रहेका केन्द्रिय सदस्य अछाम तथा अछाम सह-ईन्चार्ज शरद सिंह भण्डारीले प्रधानमन्त्रीले सबिधानमा गरिएको कु का विरुद्ध सम्पुर्ण एक जुट हुनुपर्नेमा जोड दिए। सम्मानित अदालतले प्रधानमन्त्री ओलिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको पुनःस्थापन गर्नेमा भण्डारीको बिश्वास छ।

बिराेध सभामा बोल्दै अछाम जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा बिघटन विरुद्ध अब गाउँगाउमा आन्दोलनका कार्यक्रम अघि बढ्ने चेतावनी दिए । प्रधानमन्त्रीले असंबैधानिक कदमका विरुद्ध एक जुट हुन सम्पुर्णअछामी जनतालाई सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य हर्कबहादुर कुवर, अक्कल रावल, गोबिन्द साउद, प्रदेश सभा सदस्य तथा संबिधान सभा सदस्य भरत साउद, प्रदेश कमिटी सदस्य साँफेबगर नगरपालिका नगर प्रमुख कुल बहादुर कुँवर, प्रदेश कमिटी सदस्य तथा रामारोशन गाउँपालिका अध्यक्ष झकर साउद, प्रदेश कमिटि सदस्य दिपक साउद, प्रदेश सभा सदस्य बलबहादुर सोडारि प्रदेश कमिटी सदस्य नन्द बहादुर कडायत, बम बहादुर रावत, गोबिन्द साउद, जोरा सिंह बिष्ट, हिक्मत कुवर, प्रदेस सभा सदस्य दुर्गा बिक, महिला प्रतिनिधि नन्दा चलाउने, प्रवासी नेपाली संघका लेखा प्रमुख आकाश कुवर, दलित समुदायको तर्फबाट जंग बिक, युवा संगठनका केन्द्रिय सदस्य शिव बोगटी, अनेरास्ववियुका केन्द्रिय लेखा सचिव मदन भुल लगायतले बोलेका थिए।

नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा भएको बिरोध सभा मा कार्यालय सदस्य लोकबहादुर बोहराले स्वागत र संचालन पार्टी सचीव झपट साउदले गरेका थिए।