मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफुले जति काम इतिहासमा कसैले नगरेको ओलीको दाबी

आफुले जति काम इतिहासमा कसैले नगरेको ओलीको दाबी


काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले जति काम इतिहासमा कसैले नगरेको जिकिर गरेका छन ।

सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले भूकम्पपछिको पुनर्निर्माण र अन्य विकास निर्माणका आयोजनाको काम तिव्र गतिमा सम्पन्न भइरहेको दाबी गरे।

‘भूकम्पपछिको पुनर्निर्माण र बाढिपहिरो पीडितको लागि हामीले यति तिव्र काम गर्‍यौँ, यस्तो तिव्रताका साथ काम अहिलेसम्म भएको थिएन’, ओलीले भने ।

यस्तै देशमा ठूला विकास निर्माणका काम अघि बढेको तर आफ्नै दलका केहि नेताहरुले देखि नसहेको पनि उनले बताए ।