मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यून आय भएका सबै मुलुकमा खोप पुर्‍याउनेछौँ : डब्लूएचओ प्रमुख

न्यून आय भएका सबै मुलुकमा खोप पुर्‍याउनेछौँ : डब्लूएचओ प्रमुख


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभ्याक्स कार्यक्रमअन्तर्गत् सबै न्यून आय भएका मुलुकहरुमा खोप पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अडानोम गेब्रियससले बुधबार नयाँ वर्षको भर्चुअल शुभकामना दिँदै कुनै पनि न्यून आय भएका मुलुकहरु खोप कार्यक्रमबाट वञ्चित हुन नपर्ने बताएका हुन् । त्यसका लागि डब्लूएचओले चार अर्ब अमेरिकी डलरको जोहो गरिरहेको उनले उल्लेख गरे ।

कोभ्याक्स कार्यक्रमअन्तर्गत् विश्व स्वास्थ्य संगठनले न्यून आय भएका देशहरुका लागि दुई अर्ब डोज खोप सहुलियतमा प्रदान गर्ने भएको छ ।

सन्देशमा डा. गेब्रियससले खोप आइनपुगुन्जेल स्वास्थ्य सतर्कता अपनाउन तथा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सबै मुलुकहरुलाई आग्रहसमेत गरेका छन् ।