मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट : ९ जनाको मृत्यु, मृतकको संख्या १८५६ पुग्यो

कोरोना अपडेट : ९ जनाको मृत्यु, मृतकको संख्या १८५६ पुग्यो


काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १८ सय ५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६ हजार जनाको पीसीआर गरिएकामध्ये ५३४ जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा बिहीबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६० हजार ५ सय ९३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ४४७ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।

हालसम्म क्‍वारेन्टिनमा ३६२ जना छन् भने ६ हजार ३ सय ७८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।