अछाम : मेलमिलापले नितिले नै समाज अघि बढ्ने र समृद्ढ बन्ने कारी गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढाले बताए । ४५ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा माद्यामिक बिद्यालय स्तरिय बत्तितत्वकला प्रतियोगिता कार्यक्रमको प्रमुख अथितिको आशनबाट बोल्दै अध्यक्ष बुढाले समाज रुपान्तरण र समाज बिकासका लागि मेलमिलाप आवश्यक पर्नेमा जोड दिए।
समाज राष्ट्रलाई मेलमिलपले नै अगाडि बढाउन सक्ने भन्दै समाजमा पनि मेलमिलापको भावनालाई आत्मासाथ गर्दै अगाडि बढ्नु आवश्यकता रहेको बताए । न्यायीक शाखा ढकारी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको बक्तित्व कला कार्यक्रममा ढकारी गाउँपालिकाका चारओटा माबि बिद्यालयका सहभागिहरुले भाग लिएका थिए ।
ढकारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भवानी प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमा बिशिष्ट अथितिमा ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउद र ढकारी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत टेक बहादुरवली रहेका थिए।
बक्तित्व कलामा अष्टशिद्धि माबि ढकारी ६ का मनिषा कामी प्रथम, गुरुकुल माबिका जनक प्रसाद रिमाल दृतिय, मनकामना माबिका गिता साउद तृतिय र मनकामना माबिका लक्ष्मण नेपाली शान्तोना भएका छन् । कार्यक्रमको संचालन कृष्ण प्रसाद देवकोटाले गरेका थिए।
प्रतिक्रिया