अछाम : समाज सुधार सेवा नेपाल संस्थाले मंगलसेनमा सरसफाई अभियान सुरु गरेको छ। नगरका सबै वडामा ‘आफ्नोे गाउँ आफै बनाउ’ भन्ने मुल नाराको साथ सरसफाइ तथा गोरेटो बाटो विस्तार अभियान सुरु गरिएको हो।
सोहि अभियान अन्तर्गत आज मंगलसेन नगरपलिका . वडा नं.३ को तिखाडा बजार तथा शिव निवास आधारभूत बिधालयकाे परिसरमा सरसफाई गरिएको छ। संस्थाका अध्यक्ष बसन्त राज भाटकाे संयाेजकत्वमा साे क्षेत्रमा रहेका फाेहरमैला, झारपात र वर्षाै देखि थुप्रिरहेका प्लास्टिकका टुक्राहरू व्यवस्थित गरि जलाईएको छ ।
उक्त क्षेत्रमा सधै भरि यसरी नै फाेहर मैला व्यवस्थित गर्नु पर्छ भनी जनचेतना जगाइराख्नु पर्ने अनि मात्र स्वस्थ र स्व्च्छ वातावरण रहित समाज बन्छ भन्य कुरा संस्थाका अध्यक्षले सरसफाइ कार्यक्रम गरि सके पछि सबैमाझ चेतना दिलाएका छन्।
सरसफाइ अभियानमा वडा नं. ३ का वडा अध्यक्ष पदम सिंह भाट, संस्थाका सल्लाहकार सदस्यहरू खकेन्द्र भण्डारी र मदन कुवर, संस्थाका सदस्यहरू भिम राज भाट र देवु भाट, संस्थाका वडा न. ३ का उपसमितिका संयाेजक नन्द सिंह साउद लगाएतको सहभागिता रहेको थियो।
प्रतिक्रिया