मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा कम

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा कम


काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो ।

अहिलेसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै थप ४ सय १९ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनको संख्या १८ सय ७० पुगेको छ ।