मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावलको गृह जिल्लाका सांसद बोगटी ओली समूहमा

रावलको गृह जिल्लाका सांसद बोगटी ओली समूहमा


धनगढी: नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलकाे गृह जिल्ला अछामको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी सांसद यज्ञ बोगटी प्रधानमन्त्री केपी शर्मा ओली समूहतिर लागेका छन्।

उनले आइतबार बालुवाटारमा प्रधानमन्त्री ओलीबाट केन्द्रीय सदस्यको सपथ लिएका छन्। 

उक्त विषयमा कुरा गर्दै बोगटीले भने, ‘नेकपाको आन्दोलन, संस्थापन मूलधारमा जानुपर्यो भन्दै मैलै ओली समूहलाई रोजेको हुँ।’

यसअघि नेकपाको प्रधानन्त्री ओली समूहले उनलाई केन्द्रीय समिति सदस्य बनाएको थियो। – दिनेशखबर