मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा नेपालमा ८ जनाको मृत्यु, ४२१ कोरोना संक्रमित थपिए

२४ घण्टामा नेपालमा ८ जनाको मृत्यु, ४२१ कोरोना संक्रमित थपिए


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

५ हजार ८०० जनाको पीसीआर परीक्षण गरिएकोमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६३७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ। हाल ५ हजार ४८७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ पुगेको छ।