मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या १८८५ पुग्यो

थप ७ संक्रमितको मृत्यु, मृतकको संख्या १८८५ पुग्यो


काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सातजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार आठ सय ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार चार सय एकजनाको पीसीआर गरिएकामध्ये चार सय तीनजनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६२ हजार दुई सय ६२ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा पाँच सय ९४ जना निको भएका छन् । 

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५५ हजार ८८ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा ३४२ जना छन् भने ५ हजार २ सय ८९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।