मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट नेपालमा ४ जनाको मृ’त्यु

कोरोना संक्रमणबाट नेपालमा ४ जनाको मृ’त्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १३२ जनाको कोरोना परीक्षण गर्दा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ। यस्तै हालसम्म १९ लाख ६९ हजार २९२ जनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ४८३ जना कोरोना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ९०३ पुगेको छ।