मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढीगंगा र छिपेखोलामा उत्खनन् नरोकिदा नदि छेउका नागरिक बर्षेनी जोखिममा

बुढीगंगा र छिपेखोलामा उत्खनन् नरोकिदा नदि छेउका नागरिक बर्षेनी जोखिममा


अछाम । जिल्लामा पर्ने बुढीगंगा नदिमा नदि उत्खननको काम दिन प्रतिदिन बढिरहेको छ । नदिबाट दैनिक सयौँ गाडि ढुंगा, गिट्टी, बालुवाका निकासी हुने गरेको पाईएको छ । बुढीगंगा नदी र छिपेखोलाबाट मापदण्ड विपरीत ढुंगा, गिट्टी, बालुवा निकाल्दा जोखिम बढेको छ ।

नदिमा निर्माण गरिएका पुल, जालि लगाएकै ठाउबाट र मानिसको बस्तीको छेउछाउ नजिकैबाट ढुगा, गिट्टी उठाउने गरेको पाईन्छ । यसरी संयमता नअपनाई बालुवा, ढुगा, गिट्टी उठाउदाँ बर्षायाममा सो क्षेत्रमा बसेर्नी जोखिम हुने गरेको छ । बस्तीमा खोला पस्नुका साथै नदी र खोलामा रहेका पुल र वाल समेत जोखिममा हुने निश्चितप्राय छ ।

अछामको साफेबगर नगरपालिकाका वडा नं. १, ३, ४, र ७ का विभिन्न ठाउँहरुमा पर्ने बुढीगंगा नदि र वडा नं. ५ र ७ हुदैँ जाने छिपेखोलामा गत भदौको वर्षातमा आएको बाढीेले ठुलो क्षति गरेको थियो । नदिले एकसय रोपनी खेतीयोग्य जमिन र विभिन्न भौतिक संरचनाहरु बगाएको थियो ।

बाढीेले बगाएको केही दिनमै कटान गरेको क्षेत्रको स्थानिय सरकार, सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र संघिय सरकारका विभिन्न मन्त्रीहरुले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन तथा निरिक्षण समेत गरेका थिए । निरिक्षणका क्रममा अछामबाट निर्वाचित सांसदहरूले बुढीगंगा नदि नियन्त्रणका लागि गुरुयोजना बनाई काम थाल्ने वचन दिएका थिए ।

यस्तै सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले मानविय तथा भौतिक पीडा खेपिरहेका यहाँका जनताहरुको लागि ‘स्थानीय, प्रदेश र संघीय सरकारको क्षमताले भ्याए अनुसारको काम गर्न हामी तयार रहेको बताएका थिए ।

नदिले कटान गरेको ६ महिना बितिसक्दा पनि यस्को लागि कुनै सरकार वा निकायबाट पहल नहुँदा स्थानियमा निराशा छाएको छ । अरु बेला कसैलाई यस बिषयमा चाँसो हुदैन स्थानिय उमेश कुवँरले भने जब बर्षा लाग्छ सबैमा निराशा छाउँछ । बर्षायाम सुरु नहुन पहिले नै नदी तथा खोला नियन्त्रणका लागि गुरुयोजना बनाई काम थाल्नुपर्ने उनको भनाई छ ।

बर्षायाममा नदि नजिक बसोबास गरिरहेका नागरिकका रात हरु बिना निन्द्रामै सकिने गरेका स्थानिय दिपक बहादुर खड्काले बताए । उनले भने बर्षायाम सुरु भएसंगै हामी रातभर जाग्राम बस्नुपर्छ कुन बेला के हुने हो थाहै हुदैँन । नदी तथा खोलाबाट सिमित क्षेत्रमा मात्र मापदण्ड बनाएर उत्खनन्को काम गर्नुपर्ने उनको तर्क छ ।

हुन त बालुवा, गिट्ठी र ढुंगाको उत्खनन्को लागि हरेक आर्थिक बर्षमा टेण्डर आव्हान हुन्छ । टेण्डर आव्हान भएपनि अव्यवस्थित तरिकाले नदी र खोला उत्खनन् हुने गरेको छ । सिमीत मापदण्ड बनाएर मात्र बालुवा, गिट्ठी र ढुंगाको निकासी गर्नुपर्ने नागरिकहरुको आवाज छ ।

आर्थिक बर्ष २०७७२०७८ मा साफेबगर नगरपालिकाले टेण्डर आह्वान गरि नदिबाट निकासी हुने गिट्टी, बालुवाको ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । नगरले आफ्नो आम्दानीको स्रोतका लागि ढुंगा, गिट्टी बिक्री गरी राजश्व संकलन गरेपनि नागरिकको जोखिमका बारेमा ध्यान नपुर्याएको स्थानियले गुनासो गरेका छन् ।