मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराईमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित


काठमाडौं। अहिले तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ। कुहिरोसँगै मानिसहरूको दिनचर्या प्रभावित बनेको छ। चिसो पनि बढेको छ। 

जाडो छल्न मानिसहरू आगो तापेर बसिरहेका छन्। देशका अधिकांश भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ।

देशमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। महाशाखाका अनुसार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ। 

राति प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ।