बाजुरा – जिल्लाको पुर्वी उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका वडा न १,२,३,र ५ वडामा सञ्चालन भएको बड्ढिगाड लघु जलविद्युत भदौ महिनाको २५ गते राति अाएको अविरल बर्षाका कारण गएको पहिरोले नहर भत्काएपछि विद्युत अवरोध भएको चार महिना बितिसक्दा पनि यसो कुनै चासो नदेखाए पछि उपभोक्ता अध्यारोमा बस्न बाध्य भएका छन् ।
चार चार महिना सम्म अध्यारोमा बस्दा पनि सरकारवाला निकायले यसमा कुनै चासो नदेखाएपछि उपभोक्ताले अहिले सम्म वत्तिबाट बन्चित भएको बुढिनन्दा नगरपालिका वडा न ३ र ५ उपभोक्ताले गुनासो गरेका छन ।
स्थानीय बासीका अनुसार अब हामीले कहिले सम्म बत्ती बाल्न पाउछौ थाहा छैन पहिले त अलिअलि भएपनि बत्ती बाल्न त पाएका थियौ तर अहिले माथी सडक निर्माण गरेपछि माथिबाट माटो गएर नहर भरिने भरिए पछि नहरमा बगिरहेको पानी थुनिएर नहर भत्काएर पहिरो गएर बिद्युत अबरोध भएको करिब चार महिना जति बाल्न नपाउदा अब बुढिनन्दा नगरपालिका बासी अध्यारोमा बस्न बाध्य भएको बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीय बासी सुकबिर खड्काले बताए ।
सडकले गर्दा अहिले हामीले बिद्युत बाल्न नपाएको हो पहिले माथी सडक नहुदा त कहिले काहीँ नहर भत्कीए पनि बनाएर बिद्युत सञ्चालनमा ल्याउथ्यौ भने अहिले त्यस्तो कुनै सम्भावना नभएपछि बुढिनन्दा नगरपालिकाका उपभोक्ताहरु अध्यारोमा बस्न बाध्य भएको बड्ढिगाड लधु जलविद्युतका ब्यबस्थापक ध्रुव रेग्मीले बताए ।
कुनै उपाय आयो भने बिद्युतको नहर बनायो भने बिद्युत बाल्न सपना देख्नु पर्ला नत्र भने गाह्राे छ
पहिलेको नहरबाट ल्याउने सम्भावना छैन दुई तिन ठाँउमा ठूलो पहिरो गएको एक ठाउँमा भने पहिरो त गएको छैन जाने सम्भावना भएकोले पहिलेको ठाउँबाट नहर बनाएर बिद्युत बाल्न सकिरहेका छैनौ अब कुनै नयाँ ठाउँबाट नहर बनाएपछि उपभोक्तालाई अध्यरो मुक्त गर्न सकिन्छ तर कुनै उपाय लागेन भने उपभोक्ता अँध्यारोको अँध्यारोमा नै बस्नु पर्ने अबस्था आउने सोही बिद्युतका ब्यबस्थापक रेग्मीले बताए ।
प्रतिक्रिया