मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो छोरी, बुहारी र सम्धीको पार्टी होइन, दस सिट ल्याएर देखाउनुस् : ओली

यो छोरी, बुहारी र सम्धीको पार्टी होइन, दस सिट ल्याएर देखाउनुस् : ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

पार्टी विभाजन भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी, बुहारी, सम्धीको पार्टी नभएको बताए ।

उनले प्रचण्डलाई कटाक्ष गरेका थिए । उनले आफू सरकारको नेतृत्वमा भए पनि कोही एकजना आफन्तलाई कतै नियुक्ति नदिएको बताए ।

उनले ५० वर्षअघि देखि नै एकता–एकीकरणको अभियानको थालनी गरेको बताए । प्रचण्डलाई पनि काम लाग्छ कि भनेर पार्टीमा ल्याएको र ‘लाटोकोसेराले घाम लागेको बेला देख्न नसके’जस्तै सरकारले काम थालेको देख्न नसकेको टिप्पणी गरेका हुन् ।