मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाखमा कर्णाली लगानी सम्मेलन हुने

वैशाखमा कर्णाली लगानी सम्मेलन हुने

सुदूर आज

सुर्खेत– आगामी वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलन हुने भएको छ। कर्णालीमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाको आकर्षण वढाउन लगानी सम्मेलन गर्न लागिएको कर्णाली प्रदेश योजना आयोगले जनाएको छ।

प्रदेश योजना आयोगको ७८ औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले जानकारी दिए। लगानी सम्मेलनका लागि आयोगले हाल परियोजना निर्माण गरिरहेको छ। वैशाखमा आयोजना हुने लगानी सम्मेलनको यकिन समय भने तोकिएको छैन।

लगानी सम्मेलनको संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ। प्रदेशस्तरीय लगानी सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता र निजी क्षेत्रलाई आमन्त्रण गरिने छ।

त्यस्तै बैठकले आगामी चैतमा कर्णाली प्रदेश विकास परिषदको बैठक आयोजना गर्ने निर्णय गरेको छ। विकास परिषदको लागि प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायालाई संयोजन गर्न जिम्मेवारी तोकिएको छ।

विकास परिषद् बैठकमा स्थानीय तहको आवधिक योजना निर्माणको लागि सहजीकरण र प्रदेश महत्वको आयोजनाहरुको अध्यावधिक गर्न छलफल हुने छ।