मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेबिसंघद्वारा उल्टाे हिँडेर प्रतिनिधि सभा विघटनकाे विराेध

नेबिसंघद्वारा उल्टाे हिँडेर प्रतिनिधि सभा विघटनकाे विराेध


काठमाण्डाै – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले शुक्रबार उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध गरेको छ । 

नेविसङ्घका नेता तथा कार्यकर्ताहरू काठमाण्डौको माइतीघर मण्डलादेखि बानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको विरोध गरेको हो । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजीसमेत गरेका छन् । 

नेविसङ्घका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिँडेको भन्दै उल्टो हिँडेर साङ्केतिक रूपमा विरोध गरेका हुन् । 

प्रदर्शनमा नेविसङ्घका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, बलदेव तिमिल्सिना, युवराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।