मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिपि कोइराला प्रतिष्ठान अछामको जिल्लामा २ भवन निमार्ण हुदै

जिपि कोइराला प्रतिष्ठान अछामको जिल्लामा २ भवन निमार्ण हुदै

सुदूर आज

‘भवनको जयगढमा कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेद्वारा शिलान्यास’

अछाम : जिल्लाको बान्निगढी जयगढ गाउँपालिकामा जिपि कोइराला प्रतिष्ठानको भवन शिलान्यास गरिएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले शुक्रबार एक कार्यक्रमबीच प्रतिष्ठानको बन्न लागेको भवन शिलान्यास गरेका हुन् ।

यूवा नेता पाण्डेले गिरिजाप्रसाद कोइरालाको सम्झनामा प्रतिष्ठानको भवन शिलान्यास गर्न पाउनु र काम थालनी हुनुले कोइराला प्रति सच्चा सम्मान भएको बताए । बान्निगढी जयगढ गाउँपालिकाको २२ लाखको सहयोगमा भवन बन्न लागेको बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काले बताए ।

यस्तै अछामको ढकारी गाउँपालिकामा पनि जिपि कोइराला प्रतिष्ठानको भवन निर्माणको अन्तिम चरणमा पुगिसकेको काङ्ग्रेस नेता तथा ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले बताए ।

सुदुरपश्चिम् प्रदेश भित्र प्रतिष्ठानको दुईटा भवन बन्न लागेको अछाम पहिलो जिल्ला हो । अन्य जिल्लामा हालसम्म प्रतिस्ठानको नामबाट भवन नबनेको जिपि कोइराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुङ्गानाले बताए ।

भवन शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पाटी सभापति भरत कुमार स्वार, पुर्व पाटी सभापति मेघराज खड्का, महासमिति सदस्य बलबहादुर कुवर, राजन कुवर, प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुङ्गाना लगायतको उपस्थित रहेकोे सचिव कृष्ण कुँवरले सुदूरआजलाई जानकारी दिए ।

गिरीजा प्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले विभिन्न किसिमका रचनात्मक क्रियाकलापहरु गर्दै आएको छ ।