मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्विटरले बन्द गरिदियो डोनाल्ड ट्रम्पको अकाउन्ट

ट्विटरले बन्द गरिदियो डोनाल्ड ट्रम्पको अकाउन्ट

सुदूर आज

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट @realDonaldTrump सधैँका लागि बन्द गरिदिएको छ। 

‘हालै उनले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौ,’ ट्विटरले लेखेको छ ।   

यसअघि यही जनवरी ६ मा ट्विटरले ट्रम्पको ट्विटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो । गत बुधबार ट्रम्पका समर्थकले अमेरिकी संसदभित्रै हिंसात्मक आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो ।

बाइडेनको जित अस्वीकार गर्न ट्रम्पकै उक्साहटमा उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उक्त घटनापछि ट्रम्पले हिंसा भड्काउने पोस्ट जारी राखेको भन्दै ट्विटरले प्रतिबन्ध लगाएको हो ।

यसअघि पनि ट्विटरले ट्रम्पलाइई सामाजिक सद्भाव खलबलिने सामग्री ट्विटरमा पोष्ट नगर्न बेलाबेलामा चेतावनी दिँदै अकाउन्ट बन्द गर्ने धम्की दिँदै आएको थियो । बीबीसी हिन्दीको सहयोगमा