मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा अध्यक्ष दाहाल आज स्वदेश फर्कंदै

नेकपा अध्यक्ष दाहाल आज स्वदेश फर्कंदै


काठमाडौं। पत्नीको उपचारका लागि भारत गएका प्रचण्ड माधब समुहका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कंदै छन्। 

दाहाल आज अपरान्ह ४ बजेसम्म दिल्लीदेखि काठमाडौं आइपुग्ने समय तालिका छ। 

उनी साेमबार पत्नीको उपचारका लागि मुम्बई पुगेका थिए। उनी मुम्बईबाट हिजो बेलुका दिल्ली पुगेका थिए। 

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले अपरान्ह ४ बजेसम्म अध्यक्ष दाहाल काठमाडौं आइपुग्ने जानकारी दिए। 

उनका अनुसार दाहाल पत्नी सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। दाहालकी छोरीद्वय रेणु दाहाल, गंगा दाहाल र ज्वाइँ जीवन आचार्य मुम्बईमै छन्।