मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट : थप तीन संक्रमितको मृ’त्यु

कोरोना अपडेट : थप तीन संक्रमितको मृ’त्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार दुई सय ८६ जनाको पीसीआर गरिएकामध्ये ३६२ जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६४ हजार १५ सय २१ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा ६९९ जना निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५७ हजार ९ सय २८ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २६२ जना छन् भने ४ हजार ६ सय ८१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।