मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो चरणमा खोप लगाउनेको नामावली आइपुग्यो

पहिलो चरणमा खोप लगाउनेको नामावली आइपुग्यो


काठमाडौं । कोरोनाविरुद्धको खोप पहिलो चरणमा लगाउनेको नामावली स्वास्थ्य सेवा विभागमा आइपुगेको छ ।

विभागका खोप शाखा प्रमुख तथा खोप सचिवालयका सदस्य डा. झलक गौतमका अनुसार करिब तीन लाखजनाको नामावली विवरणसहित विभागमा आइपुगेको हो ।

नामावलीमा कोरोनाकालमा सबै अस्पतालमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, फिल्डमा खटिने स्वास्थ्यकर्मीको नाम समेटिएको छ ।

कोभ्याक्सको खोपलाई लक्षित गरेर पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मीको विवरण संकलन गरिएको हो । तर कोभ्याक्स आउनुभन्दा अगाडि नै अन्य खोप ल्याउन पहल भइरहेको डा. गौतमले जानकारी दिए ।

विभागले सम्बन्धित पालिकामार्फत अब १७ प्रतिशत लाभग्राहीको नाम संकलन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।