मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट : थप १० संक्रमितको मृत्यु, मृतकको संख्या १९२७ पुग्यो

कोरोना अपडेट : थप १० संक्रमितको मृत्यु, मृतकको संख्या १९२७ पुग्यो


काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार तीन सय नौजनाको पीसीआर गरिएकामध्ये चार सय ८८ जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६५ हजार दुई सय ६८ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा पाँच सय २७ जना निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५८ हजार ९ सय ६८ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २३७ जना छन् भने चार हजार तीन सय ७३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।