मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको असंबैधानिक कदमका वि’रुद्ध आन्दोल’नमा उत्रिनु पर्यो : भण्डारी

प्रधानमन्त्रीको असंबैधानिक कदमका वि’रुद्ध आन्दोल’नमा उत्रिनु पर्यो : भण्डारी


अछाम : नेकपा प्रचण्ड माधव समुहका केन्द्रिय सदस्य एबम जिल्ला सह इन्चार्ज शरद सिंह भण्डारीले प्रधानमन्त्रीले संबिधान बिपरित प्रतिनिधि सभा विघ’टन गरेको दा’बी आरोप लगाएका छन्।

उनले प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका वि’रुद्ध अहिले आन्दो’लित रहेको बताए । राष्ट्रिय युवा संघ नेपाल अछाम र अनेरास्ववियु अछामको संयुक्त बिस्तारित बैठकमा उनले सम्मानित अदालतले प्रधानमन्त्रीको असंबैधानिक कदम सच्याउने बिश्वास समेत व्यक्त गरे।

राष्ट्रिय युवा संघ अछामका संयोजक हिरण्ड कुँवरको अध्यक्षतामा सुरु भएको बैठकमा संविधान सभाका सदस्य तथा प्रदेश कमिटी सदस्य भरत साउदले प्रधानमन्त्री केपी शर्मा ओलिले बनाएका केन्द्रिय सदस्य, प्रदेश कमिटी तथा जिल्ला कमिटी सदस्य केमिडिएन देखिएका जिकिर गरे ।

उनले प्रधानमन्त्री ओली संबिधान, गणतन्त्र तथा सघियता बिरोधि रहेको दाबि गरे । प्रदेश कमिटी सदस्य शकर भण्डारिले प्रधानमन्त्रीको असंबैधानिक कदम विरु’द्ध जनता एकजुट हुनु पर्नेमा जोड दिए ।

बिस्तारित बैठकमा अछाम पार्टि सचिव झपट साउद, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज शिव बोगटी, केन्द्रिय सदस्य अछाम सह ईन्चार्ज दिपक कुवर, सगठन बिभाग प्रमुख प्रकाश शाह लगायतले धारण राखेका थिए।

अनेरास्ववियुका जिल्ला कमिटी सदस्य शकर बिष्टले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन अनेरास्ववियुका जिल्ला सयोजक धुर्ब रावलले गरेका छन् । बाकी जिल्ला तहका नेताले सम्बोधन सहीत कमीटीको निर्णय हुन बाकी रहेकाले बैठक मंगलबार सम्म चल्ने भएको छ ।