मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी विभाजन हनुमा भिम रावलको पनि ठूलो हात छ : नेता कडायत

पार्टी विभाजन हनुमा भिम रावलको पनि ठूलो हात छ : नेता कडायत


टेक बहादुर थापा, अछाम :

केपी वली पक्ष नेकपाका केन्द्रीय सदस्य तथा अछामी कम्युनिस्ट अान्दोलनका हस्ती भिम बहादुर कडायतले पदको लडाइँको लागि पार्टी भित्रका नेताहरू मरिहत्ते गर्न थालेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको बताएका छन् ।

एउटै पार्टीको सरकार भएपनि पार्टी भित्रीकै नेताहरू सरकारका बिरूद्वमा लागेर सरकार नै ढाल्ने खेलमा लागेपछि प्रधानमन्त्री बाध्य भएर संसद विघटन गरेको उनले उल्लेख गरे।

चुनाव देखि डराउनेहरूले मात्रै केपी वलीको विरोध गर्ने गरेको भन्दै सडकमा जानुभन्दा निर्वाचनको तयारीमा जुट्न समेत अाग्रह उनको छ । केपी वलीले देशलाई ठुलो दुर्घटना हुनबाट जोगाएकाले वलीको विरोध नभई प्रशंसाा गरे ।

केपी वली पक्षको अायोजनामा मंगलसेनमा भएको कार्यक्रममा प्रमुख अतिथिको अासन बाट बोल्दै नेता कडायतले भिम रावलको नक्कली राष्टबादले काम नगर्ने भएकाले पार्टी विभाजन हनुमा उनको पनि ठूलो हात रहेको अारोप लगाए । अछाममा केपी पक्ष माधव प्रचण्डपक्ष भन्दा बलियो हुने समेत उनको दाबी छ ।

पार्टीका जिल्ला अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्ति संग संगै अार्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फट्को मार्ने बताए । देशलाई सही गतिमा अगाडि बढाउन केपी वलीले सकारात्मक गतिविधि अगाडि बढाएकाले त्यो देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको बताए ।

पार्टी विभाजन हुनुमा माधव र प्रचण्ड बढि दोसीरहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने बताए । सुदुरपश्यिम प्रदेशको अर्थमन्त्रीको समेत जिम्मेवारि समहालि सक्नुभएका नेता बोहराले चुनावमा अाई जितेर देखाउन भिम रावललाई चुनौती समेत दिए।

पार्टीका नेता कृष्णप्रसाद जैसीले अाधिकारिक पार्टी केपी वली नेतृत्वको भएकाले कार्यकर्तालाई अन्यौलमा नपर्न अनुरोध गरे । माधव प्रचण्ड समुहले पार्टीको सम्पति माथी अाखा लगाएकाले सार्वजनिक सम्पति माथि गिद्देनजर लगाउन समेत उनको आग्रह छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी, कमल तिमलसैना, पदम बहादुर बोहरा, शिव प्रसाद उपाध्याय, भिम जनालन, भिम बिष्ट , मना अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

सोही बिस्तारित बैठकले अछाम जिल्लामा चन्द्र बहादुर बोहराको अध्यक्षतामा ४ सय ५१ जनाको पार्टिको जिल्ला कमिटी गठन गरेको छ ।